सामुदायीक अभियानकर्ता

Nepal Disabled Women Association (NDWA)
Kathmandu, Nepal

पदः सामुदायीक अभियानकर्ता


कार्यक्षेत्रः वुढानिलकन्ठ र तारकेश्वर नगरपालिका, काठमाडौं


कार्य थालनीको मितीः तत्काल 

 

सामुदायीक अभियानकर्ता (community campaigner) ले गनुपर्ने जिम्मेवारीहरु:

  • परियोजना व्यवस्थापक, संघका पदाधिकारी र संजालहरुसंग समन्वय सहकार्यमा परियोजनाका स्थानिय तहका क्रियालापहरुको योजना निर्माण, त्यसको प्रभावकारी रुपमा कार्यन्वयन, अनुगमन र मूल्याङ्कन गर्नु । 
  • परियोजना व्यवस्थापक, संघका कार्यसमिती, पदाधिकारी र संजालहरुलाई आवश्यक सूचना, तथ्याङ्क संकलन, आदान प्रदान तथा वितरण गर्न सहयोग गर्नु ।
  • स्थानिय तहमा हुने कार्यक्रम संस्थागत संरचना, नीति कार्यनीति बजेटहरुमा लैङ्गिकता र अपाङ्गतालाई समावेशीकरण, मूलप्रवहीकरण र प्रवद्र्धन गर्नका लागि नेतृत्व तह र निर्णायकतहमा सहजीकरण, पैरवी तथा वकालत गर्नु । 
  • स्थानिय तहका कार्यक्रमहरुमा अपाङ्गता भएका व्यक्तीहरुको समावेशीताको सुनिश्चितता गर्नका लागि स्थानीय तहका निर्वाचित प्रतिनीधिहरु, सरकारी कर्मचारी र, सुरक्षित गृह, महिला प्रहरी कक्ष, नागरिक समाज संस्था, लगायतका सरोकारवाला तथा लक्षित समूहको सबलीकरणका लागि GBV सम्बन्धी मुद्दाहरू, पहुँचयोग्य न्याय प्रक्रिया र स्थानीय न्याय समिति, अपाङ्ता समन्वय समिति (DCC) र महिलाको भूमिकाबारे अभिमुखिकरण तालिम लगायतका क्षमता विकास सम्बन्धी कार्यक्रम संचालनमा सहयोग गर्नु ।
  • नगरपालिकामा काम गरिएका ओपीडी सदस्यहरू, अपाङ्गता भएका महिलाहरू र तिनीहरूका परिवारका सदस्यहरूलाई  GBV, कानूनी प्रावधान, न्याय प्रक्रिया, उजुरी संयन्त्र, सुरक्षा उपाय र वकालतका बारेमा तालिम लगायतका क्षमता विकास सम्बन्धी कार्यक्रम संचालनमा सहयोग गर्नु ।
  • नेपाल अपाङ्ग महिला संघको परियोजना टोली, SGBV प्रतिक्रिया समूह, NDWA का सदस्यहरू, राष्ट्रिय, जिल्ला र नगरपालिका स्तरका OPDs प्रतिनिधिहरूका लागि CRPD, न्यायमा पहुँच, कम प्रतिनिधित्व भएका समूहका मानिसहरूको समावेशीकरण र supported decision-making सहित SGBV प्रतिक्रियाका लागि क्षमता विकास सम्बन्धी कार्यक्रम संचालनमा सहयोग गर्नु ।
  • अपाङ्गता भएका महिला र बालिकाको वर्तमान अवस्था सम्बन्धी परियोजनाले संचालन गरेका आधाररेखा, अन्तिमरेखा र निरन्तर खोज अनुसन्धानका लागि तथ्याङ्क तथा सूचना संकलन र अध्यावधिक गर्न सहयोग गर्नु ।
  • परियोजनाको प्रभावकारिता व्यवस्थापनका लागि गुणात्मक, परिमाणात्मक र अन्य सहभागितात्मक संयन्त्र प्रयोग गरी परियोजनाको निरन्तर रुपमा आवधिक अनुगमन तथा मूल्याङ्कन गरी प्रगती प्रतिवेदन, घटना अध्ययन विवरण, सफलताका कथा तयार तयार पार्न मुख्य तथा सहयोगीको भूमिका निर्वाह गर्नु ।
  • पालिका स्तरीय अपाङ्गता सरोकारवाला निकायहरुसँग अपाङ्गता भएका महिलाको शशक्तिकरण  सहभागिताका लागि निरन्तर पैरवी गर्नेुपर्ने ।
  • अपाङ्गता भएका महिला माथि हुने हिंसा न्युनिकरण साथै न्यायम पहुँच बढाउने संस्थाको योजना अनुरुपको कार्यक्रम आयोजना गर्ने साथै संयोजन गर्ने]{ . 
  • सुचना सामाग्री मार्फत अपाङ्गता भएका महिलाहरुलाई एवं सरोकारवाला निकाय र व्यक्तिहरुलाई वकालत गर्नुपर्ने ।
  • अपाङ्गताको क्षेत्रमा भएका नीति र कार्यक्रमहरु स्थानियस्तरमा प्रभावकारी कार्यान्वयनका लागि निरन्तर वकालत, पैरवी र दवाव सिर्जना गर्नुपर्ने ।
  • स्थानीय स्तरमा अपांगता भएका महिलाले भोग्न परेको समस्याको वारेमा छलफल गर्ने र केन्द्रिय कार्यालय पेश गर्ने अर्थात छलफल गर्ने र दस्तवेजीकरणमा परियोजना संयोजकलाई सहयोग गर्ने
  • माथिका जिम्मेवारी वाहेक नेपाल अपाङ्ग महिला संघको केन्द्रिय कार्यालयले निर्णय गरेको कामको जिम्मेवारी वहन गर्नु पर्नेछ  |

 

आवश्यक शैक्षिक योग्यता, सिप तथा अनुभव:

  • सामाजिक बिज्ञान तथा समाज शास्त्र बिषय लिई कम्तिमा पनि स्नातक तह उतिर्ण (लैङ्गिक अध्ययन गरेकालाई बिषेश ग्राहयता)
  • लैङ्गीक समानता, लैङ्गीकतामा अधारित हिंसा क्षेत्रमा कम्तिमा पनि २ वर्षको कार्य अनुभवभएको (अपांगता भएका व्यक्ति, महिला तथा जोखिममा परेका समुदामा काम गरेकाहरुलाई बिषेश ग्राहयता) ।
  • प्रभावकारी संचार सिप तथा अंग्रेजी नेपाली भाषमा प्रतिवेदन लेखनमा राम्रो दख्खल भएको ( स्थानिय भाषामा संचार गर्नेलाई थप ग्राहयता)
  • इमेल, इन्टरनेट लगाएतको ज्ञान सिप भइ कार्यालय सम्बन्धि प्रयोजनका लागि कप्यूटर चलाउन सक्ने दख्खल भएको ।
  • स्थानिय तहदेखि राष्ट्रिय तह सम्मका लैङ्गीक समानता, लैङ्गीकतामा अधारित हिंसा संग सम्बन्धित सवाल र सम्बोधन गर्ने सम्यन्त्रका बारेमा जानकार भएको ।
  • लैङ्गीक समानता, लैङ्गीकतामा अधारित हिंसा सम्बन्धि अध्ययन अनुसन्धान र विषलेशण गर्न सक्ने अनुभव भएको लाई थप ग्राहयता
  • लैङ्गीक समानता, लैङ्गीकतामा अधारित हिंसा सम्बन्धिका तालिम अभिमुखकरण लागयत क्षमता विकासका बिषयमा सहजीकरण समन्वय सहकार्य गर्न सक्ने ।
  • लैङ्गीकतामा अधारित हिंसा सम्बोधनाकालागि मनोसामाजिक मनोविमर्श, विबिधता व्यवस्थापन अन्तरव्यक्ति सम्बन्ध र संजाल स्थापना गर्न सक्ने सिप र क्षमता भएको ।
  • प्रतिकुल परिस्थतीमा समय व्यवस्थापन गर्न सक्ने क्षमता भएको |

 

छनौटका क्रममा माथि उल्लेखित अनुभव र योग्यता भएका मध्ये अपांगता भएका महिला तथा र स्थानीयबासीलाई पहिलो प्राथमिकता दिइने छ ।

 

Source: Merojob


Job Detail Expired

  • Job Type :

    Full Time

  • Salary :

    Not Disclosed

  • Experience :

    2 - 3 (Years)

  • No. of Vacancy :

    1

  • Min. Education :

    Bachelor Degree

  • Last Date to Apply :

    May 13, 2024


Contact Detail

Email :
Website : https://merojob.com/-5170
Mobile :
Alternate Mobile :

Sign In