लेखा अधिकृत

Human And National Development Society (HANDS) Nepal
Sindhuli, Nepal

न्युनतम योग्यता र कार्यअनुभव:

  • वाणिज्य शास्त्रमा स्नातक तह उत्तिर्ण गरी कम्तीमा ३ वर्षको कार्यानुभव भएको ।
  • लेखाका आधारभुत सिद्धान्तको विषयमा दक्षता भएको ।
  • कम्प्युटरको ज्ञान भएको तथा लेखा सफ्टवेयर सम्वन्धी ज्ञान भएको ।
  • लेखा प्रतिवेदन तयारी, तथ्यांक विश्लेषण,बजेट निर्माण सम्वन्धी ज्ञान भएको ।
  • स्थानीय सरकारको लेखा प्रणाली सम्वन्धि अनुभव र ज्ञान सीप भएको । 
  • बजेट निकासा तथा फर्छौटका लागि स्थानीय सरकारको लेखा प्रणालीको अनुभव र ज्ञान सीप भएको ।
  • नेपाल सरकारको ”कर तथा खरिद नियमावली २०६४” सम्वन्धी ज्ञान भएको ।  
  • परियोजना क्षेत्रमा (field based) कम्तीमा ५० प्रतिशत समय फिल्डमा काम गर्नुपर्ने ।
  • कम्प्युटर (micro-soft word, excel, power point, internet) सम्वन्धी दक्षता भएको ।

 

नोटः 

  • सेवा सुविधा : परियोजनको नियमानुसार हुनेछ ।
  • दरखास्त दिने अन्तिम  मिति : सूचना प्रकाशन भएको मितिले ७ दिन कार्यालय समय सम्म (यदि अन्तिम दिन सार्वजनिक विदा परेमा त्यसको भोलिपल्ट)
  • परीक्षाको किसिम : लिखित,अन्तवार्ता र आवश्यकता अनुसार प्रयोगात्मक ।
  • आवश्यक कागजातहरु : पदको आवेदन खुल्ने गरी निवेदन, व्यक्तिगत विवरण (बायोडाटा), शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र, सम्वन्धित विषयको कार्यानुभवपत्र, स्थायी लेखा नम्बर र अन्य कागजातहरुको प्रतिलिपी सहित तपसिलमा उल्लेखित मानव तथा राष्ट्रिय विकास समाज सिन्धुलीको केन्द्रिय कार्यालय दुधौली वा फिल्ड कार्यालय सिन्धुलीमाडी, सिन्धुलीमा दरखास्त बुझाउनु सकिनेछ वा मा इमेल मार्फत पनि बुझाउन सक्नुहुने छ । 
  • परियोजनाको कार्यक्षेत्र मरिण गाउँपालिका सिन्धुली हुने छ । छनौट प्रक्रियामा सफल आवेदकलाई आवश्यकताको आधारमा सो भन्दा फरक क्षेत्रका लागि पनि नियुक्ति दिन सकिने छ ।
  • प्रारम्भीक छनौटमा परेका उम्मेद्वारहरुलाई मात्र लिखित तथा मौखिक परिक्षामा समावेश गराईनेछ । रित नपुगेका, म्याद नाघि आएका दरखास्त उपर कुनै कारवाही गरिने छैन ।                      

 

Source: Merojob


Job Detail Expired

  • Job Type :

    Full Time

  • Salary :

    Not Disclosed

  • Experience :

    3 - 4 (Years)

  • No. of Vacancy :

    1

  • Min. Education :

    Bachelor Degree

  • Last Date to Apply :

    May 17, 2024


Contact Detail

Email : dudhaulihandsnepal@gmail.com
Website : https://merojob.com/-5176
Mobile : 047-520967
Alternate Mobile : 9844272860

Sign In